Banijya News

फिस्टेल ड्रिमले आइपिओ ल्याउने

1
1.1K Shares

आयु इन्टरटेनमेन्ट लिमिटेडले पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।

यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । आइपिओ निष्कासनसम्बन्धी सम्झौतामा आयु इन्टरटेनमेन्टका अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका हुन् ।

1

Scroll to Top