Banijya News

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा

1
1.1K Shares

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

1

Scroll to Top