Banijya News

नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने

1
1.1K Shares

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ ।

बैठकले प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३२ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।

1

Scroll to Top