नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ । सर्वसाधारण समूहमा यो शेयर निष्कासन हुनेछ ।
निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरले शेयर निष्कासन हुनेछ । यो विकास बैंक समूहको कम्पनी हो ।
कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।


