Banijya News

कोसी प्रदेश सरकारको विकास खर्च पाँच प्रतिशत मात्रै

1
1.1K Shares

चालु आर्थिक वर्षको पहिलो चौमाससम्म कोसी प्रदेश सरकारको खर्च घटेको देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षको तुलनामा प्रदेश सरकारको खर्च घटेको हो ।

चालू आवको चार महिनामा कुल विनियोजित रकम ३५ अर्ब ८७ करोड ९९ लाख मध्ये तीन अर्ब २९ करोड ५८ लाख खर्च भएको छ । जसमा पुँजीगततर्फ आठ करोड ३२ लाख हजार खर्च भएको छ । यो चौमासिक अवधिको कुल खर्चमध्ये पाँच प्रतिशत मात्रै रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आव ०७९/०८० को पहिलो चौमसको सोही अवधिमा कुल विनियोजनमध्ये पाँच अर्ब ९९ करोड ४७ लाख अर्थात् १५.१ प्रतिशत खर्च भएको थियो । त्यस्तै, आव ०८०/८१ को चार महिनामा चार अर्ब ९५ करोड ३७ लाख अर्थात् १३.७ प्रतिशत र आव ०८१/०८२ मा पाँच अर्ब ९२ करोड ५० लाख अर्थात् १६.८ प्रतिशत खर्च भएको थियो ।

मन्त्रालयका अनुसार चालू आवको कात्तिकसम्म प्रदेश सरकारले कुल तीन अर्ब २९ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

कुल खर्चमध्ये एक अर्ब ५९ करोड ११ लाख रुपैयाँ चालु खर्च, ८३ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च तथा ८७ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका रूपमा खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।

चौमाससम्म कुल विनियोजनको ९.२ प्रतिशत मात्र खर्च भएको छ, जसमा चालु खर्च ११ प्रतिशत, पुँजीगत खर्च पाँच प्रतिशत र स्थानीय तहमा जाने अनुदान १९ प्रतिशत पुगेको छ ।

पहिलो चौमासभित्र सबैभन्दा धेरै खर्च असोज महिनामा एक अर्ब ९४ करोड ३७ लाख रुपैयाँ भएको छ भने सबैभन्दा कम खर्च साउन महिनामा भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top