Banijya News

नबिल बैंक र एनआइबी–जीए रणनीतिक साझेदारी

1
1.2K Shares

नबिल बैंक र नेपाल इन बिजनेस– ग्रोथ अड्भाइजर्स (एनआइबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ । साझेदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरे ।

कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ)ले एनआइबी–जीएमार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउन्ड) अनुदान उपलब्ध गराउनेछ । अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ ।

बैंकका सीईओ ज्ञवालीले यस प्रकारका अभियानले साना तथा मझौता उद्यमीको मनोबल बढाउन सहयोग पुग्ने बताए । एनआइबी–जीए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा बैंकलाई धन्यवाद दिए । सम्झौताअनुसार बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेसनल डेभेलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।

1

Scroll to Top