वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ४ खर्ब नजिक पुगेको छ । वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ३ खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूको कुल चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक बर्ष २०८१/०८२को वार्षिक प्रतिवेदनअनुसार गत असार मसान्तसम्म बैंकहरूले चुक्ता पुँजी करिब ४ खर्ब पुयाएका हुन् ।
यसअनुसार नेपाल बैंकले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी कायम गर्दा कृषि विकास बैंक र नबिल बैंकले क्रमशः १९ अर्ब २८ करोड ७९ लाख र २७ अर्ब पाँच करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड र हिमालयन बैंकले भने यस अवधिमा क्रमशः ३४ अर्ब १२ करोड ८६ लाख, १० अर्ब चार करोड २४ लाख र २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
नेपाल एसीबआई, एभरेष्ट र कुमारी बैंकले पनि २०८२ असार मसान्तसम्ममा क्रमशः १० अर्ब ८९ करोड ९२ लाख, १२ अर्ब ९४ करोड ४७ लाख र २६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । लक्ष्मी सनराइज, सिटिजन्स र प्राइम कमर्सियल बैंकले पनि पछिल्लो अवधिमा क्रमशः २४ अर्ब ३४ करोड ६५ लाख, १४ अर्ब ७६ करोड ९० लाख र १९ अर्ब ४० करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
कुनको कति ?क्रम संख्या बैंकको नाम चुक्ता पुँजी (रुपैयाँमा) १ ग्लोबल आईएमई बैंक ३८ अर्ब ११ करोड ५९ लाख २ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३४ अर्ब १२ करोड ८६ लाख ३ नबिल बैंक २७ अर्ब ०५ करोड ७० लाख ४ कुमारी बैंक २६ अर्ब २२ करोड ५९ लाख ५ लक्ष्मी सनराइज बैंक २४ अर्ब ३४ करोड ६५ लाख ६ प्रभु बैंक २३ अर्ब ५४ करोड २५ लाख ७ हिमालयन बैंक २१ अर्ब ६५ करोड ६६ लाख ८ प्राइम कमर्सियल बैंक १९ अर्ब ४० करोड २६ लाख ९ कृषि विकास बैंक १९ अर्ब २८ करोड ७९ लाख १० एनएमबी बैंक १८ अर्ब ३६ करोड ६७ लाख ११ राष्ट्रिय वाणिज्य बैंक १५ अर्ब ६३ करोड ७४ लाख १२ एनआईसी एसिया बैंक १४ अर्ब ९१ करोड ७६ लाख १३ सिटिजन्स बैंक इन्टरनेसनल १४ अर्ब ७६ करोड ९० लाख १४ नेपाल बैंक १४ अर्ब ६९ करोड ४० लाख १५ सिद्धार्थ बैंक १४ अर्ब ०९ करोड ०० लाख १६ सानिमा बैंक १३ अर्ब ५८ करोड १५ लाख १७ एभरेष्ट बैंक १२ अर्ब ९४ करोड ४७ लाख १८ माछापुच्छ्रे बैंक ११ अर्ब ६२ करोड १४ लाख १९ नेपाल एसबिआई बैंक १० अर्ब ८९ करोड ९२ लाख २० स्टान्डर्ड चार्टर्ड बैंक १० अर्ब ०४ करोड २४ लाख
राष्ट्र बैंकका अनुसार सानिमा, माछापुच्छ्रे र एनआईसी एसिया बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १३ अर्ब ५८ करोड १५ लाख, ११ अर्ब ६२ करोड १४ लाख र १४ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । ग्लोबल आईएमई, एनएमबी र प्रभु बैंकले पनि २०८२ को असार मसान्तसम्ममा क्रमशः ३८ अर्ब ११ करोड ५९ लाख, १८ अर्ब ३६ करोड ६७ लाख र २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
२०८२ को असार मसान्तसम्ममा सिद्धार्थ बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने क्रमशः १४ अर्ब नौ करोड र १५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।


