आरबिबि म्युचुअल फण्ड अन्तर्गतको आरबिबि फोकस ४० को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख इकाई मंसिर १७ गते नेप्सेमा सूचीकृत भएको हो ।
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने गरी यी इकाई सार्वजनिक निष्कासन गरिएको हो । मंसिर १८ गते सार्वजनिक विदा परेकाले मंसिर २१ गतेदेखि यी इकाई कारोबार योग्य हुनेछन् । बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले गत भदौ १८ गतेदेखि २४ गतेसम्म इकाई निष्कासन गरि कात्तिक २६ गते बाँडफाँट गरेको हो । बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १२ वर्षको रहेको छ ।


