आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ तोलाको ७ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बुधबार तोलाको २ लाख ७० हजार रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य पनि तोलाको ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ ।


