Banijya News

सुनको मुल्यमा ७ सय रुपैँयाको वृद्धि

1
1.0K Shares

असोज ११ गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।

 

1

Scroll to Top