Banijya News

सुनको मूल्यमा एक हजार रुपैँयाको गिरावट

1
1.0K Shares

आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा २२० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

1

Scroll to Top