Banijya News

घर-जग्गा कारोबार ७.७५ प्रतिशतले वृद्धि

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्ग कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार देशभर पुसमा ५१ हजार ८ सय ८८ वटा घरजग्गा कारोबार भएको छ । यो कारोबार मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ को तुलनाम यो वर्ष करोबार ७.७५ प्रतिशतले बढेको छ । गत वर्ष ४८ हजार १५६ वटा घरजग्गा कारोबार भएको थियो । पुसमा घरजग्गा कारोबारमा सुधार आएसँगै राजस्व पनि वृद्धि भएको छ। सरकारलाई घरजग्गा कारोबारबाट पुसमा ५ अर्ब १७ करोड ३२ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

त्यस्तै कारोबारको आधरमा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट कारोबार धेरै भएको हो । सो कार्यालयबाट १७३३ वटा घरजग्ग कारोबार भएको छ भने कार्यालयबाट १ करोड ११ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

1

Scroll to Top