Banijya News

आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने

1
1.1K Shares

पौष १०, काठमाडौं
सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । प्रमुख शेयरधनी नेपाल सरकारले नै अधिकांश लाभांश लैजाने छ । निगमले ८ पेट्रोलियम पदार्थको कारोबार र ग्यासको खरिद बिक्री गर्छ । निगमले गत आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रूपैंयाँ खुद नाफा गरेको थियो । यही नाफाबाट नेपाल सरकारले दुई अर्ब २० करोड रूपैंयाँ लैजाने भएको हो । निगमले जम्मा कारोबारको ३.५५ प्रतिशत नाफा लिने भएको छ । गत आर्थिक वर्ष दुई खर्ब ४६ अर्ब रूपैंयाँको कारोबार भएको थियो । निगमाको पुस २९ गते ३८ औं वार्षिक साधारणसभा हुनेछ् । निगमले करिब २१ करोड रूपैंयाँको नोक्सानीलाई कभर गरेको छ । केही पेट्रोलियम पदार्थमा निगमले घाटा खाएर बिक्री वितरण गरिरहेको छ । नेपाल सरकारको पूर्ण वा आंशिक लाभांश वितरणको लागि नेपाल सरकारको अनुमति आवश्यक पर्छ । नेपाल आयल निगम अन्य कम्पनी जस्तो नाफामुखी संस्था होइन । तर निगमले गत आर्थिक वर्षमा आर्जन गरेको यति धेरै लाभांश आफ्नो खातामा लैजाने भएको हो । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ उच्च हुँदा पनि समायोजन हुने गरि खरिद बिक्री गर्दै आएको छ । लागत मूल्यभन्दा कममा बिक्री गर्दा भएको २१ करोड रूपैंयाँको नोक्सानीलाई कभर गर्न सफल भएको छ ।

1

Scroll to Top