Banijya News

मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

1
1.0K Shares

गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजनाहरू अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधानहरू विकास गर्दै सर्वसाधारणका लागि गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन् ।

आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम तथा समाधानहरू अघि बढाउने लक्ष्य राखिएको छ । यस सहकार्यबारे दुवै संस्थालेस्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

1

Scroll to Top