Banijya News

डिसहोमद्धारा घरमै बसेका विद्यार्थीका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु

1
1.1K Shares

वैशाख १९, काठमाडौं ।
लकडाउन बढ्दै जाँदा नेपालमा अनलाईन टेक्नोलोजीको विशेष प्रयोग बढेको छ । अनलाईन पेमेन्ट सिस्ष्ट देखि शिक्षा क्षेत्रमा समेत यस्को प्रयोग भएको छ । अझ कार्यालयका मिटिङ देखि अन्य थुप्रैकाम अनलाईनकै माध्यमद्धारा हुने गरेको छ । यसैको दौडानमा
डिसहोम नेपलाले लकडाउनमा घरमै बसेका विद्यार्थीका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ ।
डिसहोम डिरवाक लर्निङ सहकार्यमा सनिबारबाट कक्षा ४ देखि कक्षा १० सम्म कक्षा सुरु गर्न लागिएको हो ।

उक्त कक्षाअन्तर्गत अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयहरु आफ्नो च्यानलहरुमा प्रशारण हुँदैछ ।

डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं. ११५ मा कक्षा ९, ८ र ७ को र च्यानल नं. ११६ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुने बताइएको छ ।

1

Scroll to Top