बैंशाख २२, काठमाडौं ।
सरकारले सबै ठूला व्यवसायीले कम्तीमा ५० प्रतिशत तलब कर्मचारीलाई दिनैपर्ने निर्णय गरेपछि होटल व्यवसायीले होटल नै बन्द गर्ने निर्णय गरेका छन् ।
होटल व्यवसायीले ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेका छन् । होटल एसोसिएसन अफ् नेपाल (हान) को बैठकले कोरोना भाइरसको कारण होटल व्यवसाय सबैभन्दा मारमा परेको र लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेको भन्दै ६ महिना होटल बन्द गर्ने निर्णय गरेको हो ।
हानले होटल बन्द रहँदा पनि आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब दिने निर्णय गरेको छ । हानको निर्णयलाई नमान्ने कर्मचारीलाई सेवा बाटै निकाल्ने निर्णय समेत गरेको हो । हानाले १२ दशमलव ५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरु गर्न सबै मातहतका ब्यासायीलाई समेत भनेको छ ।


