काठमाडौं, २८ बैशाख ।
सडक विस्तारको कामले गर्दा काठमाडौंका केही स्थानमा दुई दिनसम्म बिजुली सप्लाई बन्द हुने भएको छ । सडक विस्तार अन्तर्गत कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार गर्ने क्रममा आइतबार र सोमबार विद्युुत काट्नु पर्ने भएको हो ।
नेपाल विद्युत प्रधिकरण कुलेश्वर शाखाका अनुसार चक्रपथ सडक विस्तारका कारण काठमाडौंका केही ठाउँमा आज र भोलि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली नआउने भएको छ । तर साँझ ६ बेजेपछि बिहान ९ बजेसम्म भने विद्युत आएर पुनः बन्द गरिने प्रधिकरणले जनाएको छ ।
स्थिति सृजना भएको हो । यो सडक खण्ड बिस्तारको क्रममा स्युचाटार–स्वयम्भू फिडरबाट वितरित लाइन काटिनेछ ।
सडकसँगै विजुलीको तार पनि छुटाएर पुनः मर्मत गर्नुपर्ने कारणले दुई दिन समय लाग्ने प्रधिकरण कार्यालय कुलेश्वरले जनाएको छ ।
यस क्रममा बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको छ ।


