Banijya News

नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा थपियो

1
1.1K Shares

नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध यो आयोजना आजबाट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो ।
सोलार आयोजनाबाट निकालिएको १ दशमलव २५ मेगावाट विद्युत् नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाबाट १ दशमलव २५ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । तर आयोजनामा ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
आयोजनाबाट थप १० मेगावाट विद्युत् डेढ महिनाभित्र ग्रिडमा जोड्ने प्राधिकरणको लक्ष्य छ ।

1

Scroll to Top