Banijya News

‘३५ हजारको रोजगारी गुमेकोले राहत चाहियो ।’ -ट्रेकिङ गाइड

1
1.1K Shares

विश्वब्यापी कोरोनाको प्रभावले सबैभन्दा बढी मारमा परेको क्षेत्र हो पर्यटन । कोरोना नियन्त्रणको लागि भन्दै लकडाउन घोषणा गरेर घर भित्रै जनता थुन्न तल्लिन हुँदा पर्यटक आगमन बन्द हुँदा जीबनयापन गर्ने ट्रेकिङ गाइड सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तो प्रभाव आजको दिनमा मात्र होइन निकै लामो समयसम्म रहने निश्चित छ । रोजगारी घुमेर जीबनयापनमा नै समस्या पर्ने भएपछि पथप्रदर्शकहरूले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।
शुक्रबार नेपाल पर्यटन वोर्डको कार्यालय पुगेर उनीहरूले मागपत्र पेश गरेका छन् । एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सुचारू नभएसम्मका लागि प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरेका छन् ।
ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन् ।
माग पत्र बुझाउँदै पथप्रदर्शकहरू बेरोजगार बनेको र दैनिक गुजारा चलाउनसमेत समस्या भइरहेको जानकारी गराएका हुन् । उनले भने -‘३५ हजारको रोजगारी गुमेकोले राहत चाहियो ।’

पथप्रदर्शक (ट्रेकिङ गाइड) र यसक्षेत्रमा काम गर्ने सबै मजदुरलाई आवश्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाउनसमेत माग गरिएको माग छ ।
पथप्रदर्शकहरूले पर्यटन विधेयक २०७७ मा आफ्नो भूमिका स्पष्ट गर्न समेत माग गरेका छन् । उनीहरूले अनुभव तथा सीपको आधारमा पथप्रदर्शकको स्तर वर्गीकरण गर्न, राजश्व एकद्धार प्रणालीबाट लिनुपर्ने, सरकारले पर्यटकलाई जारी गर्ने अनुमति पत्रमा टिम्स तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति पत्र तथा संरक्षित क्षेत्र अनुमति पत्रमा सम्बन्धित पथप्रदर्शकको नाम र परिचयपत्र उल्लेख हुनुपर्ने लगायतका व्यवस्था ऐनमार्फत् नै गर्न माग गरेका छन् ।

उनीहरूले टिम्स बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकमबाट पर्यटन क्षेत्रमा कामगर्ने मजदुरका लागि राहत उपलब्ध गराउनसमेत माग गरेका छन् ।

1

Scroll to Top