Banijya News

शेयर बजार अनिश्चितकालिन रुपमा बन्द (सूचना सहित)

1
1.1K Shares

नेपाल स्टक एक्सचेन्जले शेयर कारोबार अनिश्चितकालिन रुपमा बन्द गर्ने घोषणा गरेको छ । कारोना भाइरसको बढ्दो त्रासलाई दृष्टिगत गर्दे नेप्से यस्तो निर्णय गरेको हो । 
नेप्से शनिबार एक सुचना जारी गर्दै अर्काे सुचना नआएसम्म शेयर बजार बन्द नै हुने बताएको हो । 

लकडाउनका आदेशका कारण चैत ११ गतेदेखि बन्द रहँदै आएको धितोपत्र कारोबार अनिश्चितकाल लागि स्थगत गरिएको हो । लकडाउनकै बीच २ दिन खुलेको शेयर बजार बीचमा २ दिन खुलेपनि नेगेटिभ सर्किट लागेका कारण फेरि स्थगित भएको थियो ।

लकडाउन खुकुलो भएपनि यसअघि असार १ गतेदेखि ४ गतेसम्म शेयर बजार स्थगित गर्ने नेप्सेले विज्ञप्ति मार्फत जनाएको थियो । पछिल्लो समय लकडाउन खुकुलो भएपनि शेयर बजार भने खुल्न सकेको छैन । गतसाता स्थगत गरिएपनि यो साताबाट शेयर बजार खुल्ने शेयर लगानीकर्ताहरु र ब्रोकर कम्पनीहरुले गरेका थिए ।

1

Scroll to Top