Banijya News

सुनको आयात करिब ५४ प्रतिशतले घट्यो

1
1.1K Shares

लकडाउनपछि सुनको व्यापार ठप्प हुँदा आयातमा पनि भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा सुनको आयात करिब ५४ प्रतिशतले घटेको छ ।


गत साउनदेखि बैखाश मसान्तसम्म १३ अर्ब ४६ करोड ४५ हजार रुपैयाँको सुन आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ५८ करोड ७६ लाख ४१ हजार रुपैयाँले कम हो ।


गत वर्ष यो अवधिमा करिब २९ अर्ब ५ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । साढे २ महिना भन्दा लामो बन्दपछि सुनचाँदीको कारोबार गत असार १ गतेबाट खुलेको थियो । बजार खुलेपनि सुनको मुल्यमा प्रतितोलामा १२ हजार ७ सय रुपैयाँले बृद्धि भएपछि कारोबार भने अहिले ठप्प छ । सुन प्रतिदिन बढदो क्रममा छ । आज भने एति तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा कारोबार भएको छ ।

1

Scroll to Top