बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछि शुक्रबार बजेट पारित गरिएको हो । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७-७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।


