Banijya News

कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान

1
1.1K Shares

धनुषा । प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो ।

सो नीतिअनुरूप जिल्लाका ६ हजार ७८१ कृषकलाई जनकपुरधाममा राहत अनुदान प्रदान गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले वित्तीय संस्थालाई शनिबार कृषकको अनुदान रकमको चेक हस्तान्तरण गर्दै कोरोना प्रभावित प्रदेशका आठ जिल्लाका ८० हजार कृषकलाई राहतस्वरूप ब्याज अनुदान दिइने योजना रहेको बताए ।

पहिलो चरणमा ५० हजार कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिने जनाइएको छ । यसअघि सरकारद्वारा महोत्तरी जिल्लाका ६ हजार ६ सय कृषकलाई राहत ब्याज अनुदान प्रदान गरिएको थियो । रासस

1

Scroll to Top