श्रवण ११, काठमाडौं ।
सुनको मुल्यले लगातार नयाँ रेकर्ड कायम गर्ने क्रम जारी रहेको छ । आइतबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेसंगै छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यसअघि गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ कायम रहेको थियो । चाँदी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मुल्य अहिलेसम्मकै उच्च अर्थात ११ सय ५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसंगै नेपाली बजारमा पनि लगातार वृद्धि भइरहेको सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने सुनचाँदी व्यवसायीको अनुमान रहेको छ ।


