श्रावण १५, काठमाडौं ।
पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार पनि सुनको मुल्य ५ सय रुपैँयाले वृद्धि भएको हो ।
बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैंयाले वृद्धि भएर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९८ हजार ५०० रुपँैयामा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।


