Banijya News

सुनको मूल्य नेपालकै इतिहासमा उच्च, तोलामै १ लाख बढी

1
1.1K Shares

२१ साउन, काठमाडौं ।

सुनको मूल्य १ लाख बढी पुगेको छ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामै १ हजार ६०० रुपैयाँ बढ्दै मूल्य १ लाख रुपैयाँ पार गरेको हो। सुनको यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो।

आज सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ।

1

Scroll to Top