काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
संस्थाको बुधवार बसेको सञ्चालक समितिको बैंठकले प्रस्तावित लाभांश चुक्तापुँजीको २३ करोड २२ लाख ८८ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ । बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.७८ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८३५ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने भएको हो ।


