Banijya News

लगातार घट्दै गएको सुनको मूल्य सात सय रूपैयाँले बढ्यो

1
1.1K Shares

सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

1

Scroll to Top