Banijya News

घाटामा १० फाइनान्स कम्पनी, यी सातले जोगाए नाफा

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये ७ वटा मात्रै नाफामा देखिएका छन् भने बाँकी १० वटा कम्पनी घाटामा रहेका छन्।

प्राप्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा मञ्जुश्री फाइनान्सले सर्वाधिक १७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै अग्रस्थान कायम गरेको छ। नाफा कमाउने अन्य कम्पनीहरूमा आइसीएफसी फाइनान्सले ७ करोड ८४ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड, श्री फाइनान्सले २ करोड २० लाख र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यस्तै, बेस्ट फाइनान्सले १ करोड २६ लाख र मल्टी प्रपोज फाइनान्सले १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अर्कोतर्फ, १० वटा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था भने ऋणात्मक देखिएको छ। घाटामा रहेका कम्पनीहरूमध्ये नेपाल फाइनान्सको अवस्था सबैभन्दा कमजोर देखिएको छ, जसको नोक्सानी ८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समृद्धि फाइनान्स ५ करोड ९ लाख, पोखरा फाइनान्स ४ करोड ३१ लाख, गुडवील फाइनान्स ३ करोड २५ लाख र प्रोग्रेसीभ फाइनान्स ३ करोड १५ लाख रुपैयाँले घाटामा रहेका छन्।

गोर्खाज फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, नेपाल शेयर मार्केट एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स पनि यस अवधिमा घाटामा देखिएका छन्। समग्रमा, आर्थिक वर्षको दोस्रो त्रैमास पछिको यो अवधिमा वित्त कम्पनीहरूको व्यावसायिक प्रदर्शन मिश्रित देखिएको छ।

1

Scroll to Top