नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ । समृद्धि फाइनान्स कम्पनीसँगको मर्जर प्रक्रिया सम्पन्न भई पुँजीकोषको अवस्थामा सुधार आएपछि केन्द्रीय बैंकले पोखरा पाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको हो ।
पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको प्रतिवेदनका आधारमा पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्युनतम सीमाभन्दा निकै न्यून देखिएको थियो । सोही कारण राष्ट्र बैंकले २०८१ माघ २३ गते शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम संस्थालाई कारबाही गरेको थियो ।


