Banijya News

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै उक्त सेयर खरिदका लागि योग्य व्यक्ति तथा संगठित संस्थाहरूबाट बोलपत्र आह्वान गरेको हो। इच्छुक लगानीकर्ताले काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा गई साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा लगानीकर्ताले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। न्यूनतम तोकिएको मूल्यभन्दा कम मूल्यमा परेका आवेदनहरू भने स्वीकृत हुने छैनन्।

1

Scroll to Top