सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै “रेमिटमा बेनिफिट” नामक नयाँ उपभोक्ता अभियान सार्वजनिक गरेको छ। “सपनादेखि सम्भावनासम्म” भन्ने मूल नाराका साथ सुरु गरिएको यस पहलको मुख्य उद्देश्य वैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्सलाई अर्थपूर्ण अवसरमा बदल्दै नेपाली परिवारहरूमा प्रिमियम प्रविधिको पहुँच सहज बनाउनु हो। यस अभियानले विदेशमा पसिना बगाउने नेपालीहरूको त्यागलाई सम्मान गर्दै उनीहरूका परिवारको जीवनस्तर सुधार्न सहयोग पुऱ्याउने लक्ष्य राखेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले सामसङका स्मार्टफोन, टेलिभिजन, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा ६ प्रतिशतसम्म क्यासब्याक, एनसेलमा १८० जीबीसम्मको बोनस डेटा र २४ महिनासम्मको सहज किस्ताबन्दी (EMI) जस्ता सुविधाहरू पाउनेछन्। सामसङले यस अभियानलाई प्रभावकारी बनाउन आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ। यो अफर विशेष गरी आईएमई रेमिटमार्फत रकम प्राप्त गर्ने व्यक्ति र उनीहरूका आश्रित परिवारका लागि मात्र उपलब्ध हुनेछ।
यस अफरको लाभ लिन ग्राहकले आईएमई रेमिटको कन्ट्रोल नम्बरसहित तोकिएको स्टोरमा गएर डिभाइस छनोट गर्नुपर्नेछ, जहाँबाट एचएफएलमार्फत ऋण आवेदन, एनसेलको बोनस र खल्तीमार्फत क्यासब्याक प्राप्त गर्न सकिनेछ। सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणय रत्न स्थापितले रेमिट्यान्सलाई नेपालीहरूको आशाको प्रतिबिम्ब भन्दै यो अभियानमार्फत नवप्रवर्तनात्मक प्रविधिलाई अझ किफायती र पहुँचयोग्य बनाउन कम्पनी प्रतिबद्ध रहेको बताइका छन ।


