सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ । यसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने कम्पनीको भनाइ छ । यो अफर जुलाई १९ सम्म मान्य हुने कम्पनीले जनाएका छन् ।
यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५% सम्म क्यासब्याक उपलब्ध छ, जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्दछ।
विश्वकप सिजनमा खेल मात्र होइन, थप मनोरञ्जन पनि सजिलै प्रदान गर्नका लागि सामसङ ले नि:शुल्क वोर्ल्ड कप लाइभ सब्सक्रिप्सनसँगै १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज पनि दिइरहेको छ। क्यूलेड/यूएचडी मोडेलमा १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडी/एचडी मोडेलमा ६ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ ।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको किस्ताबन्दी योजनामा टिभी खरिद गर्न सक्छन् । नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेञ्ज गर्न सक्छन् ।


