ग्लोबल आईएमई लघुवित्तको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ४६.०७ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १५ करोड ३ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो । चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४२ करोड ७३ लाख रुपैयाँबाट बढेर ६७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको सञ्चालन नाफा पनि बढेको छ । गत वर्ष २१ करोड ४७ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको चैत मसान्तसम्म ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको चुक्तापुँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ करोड ३६ लाख रुपैयाँ रहेको छ । कुल इक्विटी १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्षको नौ महिनानमा ४.४८ प्रतिशत रहेको खराब कर्जा बढेर ८.६९ प्रतिशत पुगेको छ । नाफा बढे पनि खराब कर्जा बढ्नाले कर्जाको गुणस्तर खस्किएको देखिन्छ । यस अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी ४५ रुपैयाँ १६ पैसा पुगेको छ । वितरणयोग्य मुनाफा १२ करोड ९१ लख रुपैयाँ रहेको छ ।


