चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ कृषि कम्पनीको आम्दानीमा गिरावट आएको छ । यस अवधिमा कम्पनीले २ करोड रुपैयाँको हाराहारीमा घाटा ब्यहोर्नु परेको छ ।
चालु आवको नौ महिनामा कम्पनीले १ करोड ९७ लाख ६२ हजार रुपैयाँ घाटा ब्यहोरेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीको आम्दानी घट्नुका साथै सञ्चालन खर्च बढ्दा कम्पनीले घाटा ब्यहोर्नु परेको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानी ४.३२ प्रतिशतले घटेर ४६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ४८ करोड ९० लाख रुपैयाँ थियो ।
त्यस्तै, गत वर्षको सोही अवधिमा ८ करोड १९ लाख रुपैयाँमा सीमित रहेको कम्पनीको सञ्चालन खर्च यस वर्ष ३८.८१ प्रतिशतले बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४.२८ रुपैयाँ रहेकोमा यस अवधिसम्म आइपुग्दा ३.४९ रुपैयाँ ऋणात्मक रहेको छ । साथै, कम्पनीको बुकभ्यालु १०३.७५४ रुपैयाँ, पीई रेसियो ३८९.१८ गुणा ऋणात्मक र ऋण पूँजीको अनुपात १९ प्रतिशत रहेको छ ।


