Banijya News

विराटनगरको खाद्य गोदाममा मुसाले खाएको चामल पुनः प्याकिङ गर्दै गर्दा फेला

1
1.0K Shares

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै गुणस्तरहीन चामल पुनः प्याकिङ गरी बिक्री गर्न लागिएको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङमा गरेको स्थलगत निरीक्षणका क्रममा यो चरम लापरबाही फेला पारेको हो।

अनुगमनका क्रममा गोदामको वातावरण एकदमै अस्वस्थकर पाइएको थियो, जहाँ मुसाले खाएर डल्ला परेका र भित्र किरा तथा जैविक पदार्थ भेटिएका २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गरिरहेका थिए। यसका साथै, चामलको बोरामा ब्याच नम्बर, मूल्य र पूर्ण लेबल विवरणसमेत उल्लेख नगरिएको तथा गोदाममा सरसफाइ र मुसा नियन्त्रणको कुनै व्यवस्था नभएको पाइएको छ।

यस गम्भीर त्रुटिपश्चात् अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ गते उल्लेख भएको उक्त ३९ बोरा ुस्टिम जिरा मसिनो चामलु को बिक्री(वितरणमा अर्को आदेश नभएसम्मका लागि पूर्ण रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बालकुमारी शर्माका अनुसार उक्त चामलको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। परीक्षणको रिपोर्ट आएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कम्पनीमाथि थप कडा कानुनी कारबाही अगाडि बढाइनेछ।

1

Scroll to Top