Banijya News

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरू हुँदै

1
1.0K Shares

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई संस्था एक आपसमा गाभिएर आगामी शुक्रबारदेखि एकीकृत कारोबार सुरू गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यही असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरू हुने जानकारी दिएको हो । दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृतिपश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा सञ्चालन हुनेछन् ।

मर्जर पश्चात् साबिकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्था (पोखरा फाइनान्स लिमिटेड) मा सर्ने सूचनामा उल्लेख छ । दुवै संस्थाबाट हुँदै आएका सम्पूर्ण वित्तीय कारोबारहरू अब असार २६ गतेदेखि एकीकृत रूपमा सञ्चालन हुने भएका छन् ।

1

Scroll to Top