Banijya News

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

1
1.0K Shares

सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिटी एक्सप्रेसको कमलादीस्थित आफ्‌नै मुख्य कार्यलयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

२०औँ वर्षमा प्रवेश गरेको अवसरमा सिटी एक्सप्रेसले असार २७ गते ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । साथै, २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्‌नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने बताइएको छ ।

1

Scroll to Top