Banijya News

हिमालयन लाइफ इन्स्योरेन्समा स्वतन्त्र सञ्चालक नियुक्त

1
1.0K Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा मातृका भट्टराई स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक पदमा रही कार्यभार सम्हालिरहेका सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

कम्पनीको असार २८ गते नै बसेको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी मातृका भट्टराईलाई ४ वर्षको अवधि सहित सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

1

Scroll to Top