Banijya News

अर्थमन्त्री वाग्लेले उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने

1
1.1K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्‌वानमा अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउँदै आएका करिब तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम आयोजना हुने भएको छ ।

बजेटले लिएका लक्ष्य पूरा नहुने झल्को देखिएपछि अर्थमन्त्री वाग्लेले पछिल्लो समय अर्थतन्त्र उकालोतिर लैजान सरोकारवाला निकाय तथा व्यक्ति भेटलाई तीव्रता दिने क्रममा आज उद्योगीसँग छलफल गर्न लागेका हुन् ।

छलफलमा अर्थसचिव घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारी पनि सहभागी हुनेछन् । कार्यक्रम अपराह्‌न ३ बजेदेखि सुरु हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारी अधिकारी र निजी क्षेत्रका अगुवाहरूबीच हुने यस किसिमको सामूहिक छलफलले बजेट कार्यान्वयनमा देखिन सक्ने व्यावहारिक जटिलताहरू फुकाउन र सरकार–निजी क्षेत्र सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top