Banijya News

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवेदन दिइसक्नु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन प्राप्त नभएमा संस्थापक सेयरधनी बाहेकका व्यक्तिलाई उक्त सेयर बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ ।

1

Scroll to Top