आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ । डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।
हाल डिम्याट खाताका लागि वार्षिक १०० रुपैयाँ र मेरोशेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो ।
योजनाअन्तर्गत खल्तीबाट मेरोसेयर तथा डिम्याट नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००५ क्यासब्याक प्राप्त गर्नेछन् । यस योजना मार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन् ।
प्रयोगकर्ताले आफ्नो ब्रोकर वा डिपोजिटरी पार्टिसिप्यान्टको वेबसाइटबाट नवीकरण गर्दै हुनुहुन्छ भने खल्ती पेमेन्ट गेटवे मार्फत पनि डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क सहज रूपमा भुक्तानी गर्न सकिनेछ ।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन एप तथा पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।


