Banijya News

एक महिनामै जीवन बीमा व्यवसायमा थपियो १० अर्ब १६ करोड, कसले कति बढाए ?

1
1.0K Shares

जीवन बीमा कम्पनीहरुले गत असार महिनामा मात्रै १० अर्ब १६ करोडभन्दा बढी नयाँ व्यापार बढाउन सफल भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै ५ लाख ८२ हजार ४०७ वटा नयाँ बीमा पोलिसी बिक्री गरेर १० अर्ब १६ करोड ८४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत असार महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ९१ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यो रकम कुल जीवन बीमा व्यवसायको २८ दशमलव ६४ प्रतिशत हुन पुगेको छ ।

यसैगरी, असार महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३० करोड प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको १२ दशमलव ८७ प्रतिशत हिस्सा ओगटेको छ ।

प्राधिकरणको विवरणअनुसार, सूर्यज्योति लाइफ इन्स्योरेन्सले असार महिनामा ९३ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन रकम कुल जीवन बीमा व्यवसायको ९ दशमलव २४ प्रतिशत रहेको छ ।

यसैगरी, हिमालयन लाइफले यस अवधिमा ६८ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यवसायको ६ दशमलव ७३ प्रतिशत हिस्सा बन्न पुगेको छ । त्यस्तै, सिटिजन लाइफले ६५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यो कुल जीवन बीमा व्यवसायको ६ दशमलव ४५ प्रतिशत रहेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ५८ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । यो बीमाशुल्क कुल जीवन बीमा व्यवसायको ५ दशमलव ७९ प्रतिशत रहेको छ । त्यस्तै, एलआइसी नेपालले ५४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यवसायको ५ दशमलव ३९ प्रतिशत हिस्सा हो ।

गत असार महिनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५४ करोड ३० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । जुन कुल जीवन बीमा व्यवसायको ५ दशमलव ३४ प्रतिशत हिस्सा हो । साथै, सानिमा रिलायन्स लाइफले ५१ करोड ५० लाख रुपैयाँबराबरको नयाँ बीमा व्यवसाय थप्न सफल भएको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ दशमलव ०७ प्रतिशत हिस्सा ओगटेको हो ।

उता, आइएमई लाइफले ५० करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीले कुल जीवन बीमा व्यवसायको ५ प्रतिशत हिस्सा ओगटेको हो । त्यस्तै, रिलायबल नेपाल लाइफले ४३ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यो कुल जीवन बीमा व्यवसायको ४ दशमलव ३० प्रतिशत हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा सन नेपाल लाइफले २९ करोड १९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यवसायको २ दशमलव ८७ प्रतिशत हिस्सा हो ।

यसैगरी, मेट लाइफले १९ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीको कुल जीवन बीमा व्यवसायको १ दशमलव ५२ प्रतिशत हिस्सा हो । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा व्यवसायको ० दशमलव ३९ प्रतिशत हिस्सा रहेको छ ।

1

Scroll to Top