Banijya News

करदाता प्रोत्साहन उपहार कार्यक्रम अब खल्तीमा

1
1.0K Shares

आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्‌ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको छ ।

यस कार्यक्रम अन्तर्गत खल्ती मार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन् । कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु.१० लाख प्राप्त गर्नेछन् ।

खल्तीमार्फत गरिएको योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वतः पुग्नेछ । उपहार कुपन स्वतः सिर्जना हुने र त्यसलाई खल्ती एपमार्फत हेर्नसमेत सकिने भएकाले कार्यक्रममा सहभागिता थप सहज हुनेछ।विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराउने छ । खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई खल्तीले समेत विभिन्न माध्यममार्फत जानकारी प्रदान गर्नेछ ।

सरकारको यस पहलमा सहभागी हुँदै खल्तीले बिलमा आधारित कारोबारको अभ्यासलाई विस्तार गर्न तथा डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ । यसबाट कारोबारको अभिलेखीकरण सहज भई औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीको सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top