Banijya News

कालिका लघुवित्तको नाफा ३०४ प्रतिशतले वृद्धि, ईपीएस २७.४० रुपैयाँ, अन्य सूचक कस्तो ?

1
1.0K Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्‌नो खुद नाफा साथै अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नाफा मात्र ३ करोड ३ लाख ७१ हजार रुपैयाँ मात्र थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले ३०४.६० प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

संस्थाको खुद ब्याज आम्दानी अघिल्लो वर्ष ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ रहेको थियो । गत आवमा यस्तो आम्दानी ३२.०१ प्रतिशतले बढेर ४७ करोड ९ लाख १८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, संस्थाको सञ्चालन मुनाफा पनि ८ करोड २३ लाख रुपैयाँबाट उल्लेख्य बढ्दै १८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय अवस्थाको सुदृढीकरणसँगै कम्पनीको जगेडा कोष र चुक्ता पुँजीमा पनि बढोत्तरी भएको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ र रिजर्भमा २५ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कुल सम्पत्ति पनि ५ अर्ब २५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, निष्कृय कर्जा (एनपीएल) मा भने केही दबाब देखिएको छ । अघिल्लो वर्ष ८.२७ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस वर्ष बढेर ९.७८ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी २७.४० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७८.७३ रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

1

Scroll to Top