Banijya News

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

1
1.0K Shares

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि अदालतले गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए । अदालतमा उनको बयान लिइएपछि थुनछेक बहस भएको थियो ।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको विशेष अदालतले जनाएको छ । धरौटी बुझाएपछि मुद्दाको बाँकी प्रक्रिया चलिरहनेछ ।

अदालतको यो आदेश प्रारम्भिक थुनछेक प्रयोजनका लागि भएको हो भने मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।

1

Scroll to Top