Banijya News

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ ।

पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से शुक्रबार घटेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । आज जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । हिजो विहीबार ३ अर्ब ७२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । कारोबारमा आएको सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १२.८३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एग्रीकल्चरल बण्ड (९ वर्षे) शीर्ष स्थानमा रहेको छ । आज ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ । त्यस्तै, खानी खोला हाइड्रोपावर कम्पनीको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लिबर्टी इनर्जी कम्पनीको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top