Banijya News

सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा वृद्धि

1
1.0K Shares

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक घटेको छ । गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्से सोमबार पनि सामान्य घटेर बजार बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।

त्यस्तै, जलविद्युत्, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि सोमबार कारोबार रकम भने बढेको छ । गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।

उता, माउन्ट एभरेष्ट पावरको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स र सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.६३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका े१ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको करिब साढे ३८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर कम्पनीको करिब साढे १६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

1

Scroll to Top