सेयर बजार आज बुधबार सामान्य घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको छ ।
बुधबार ३ अर्ब २९ करोड ८० लाख बढीको सेयर कारोबार भएको छ । हिजो मंगलबार भने ५ अर्ब ७ करोड ३५ लाख बढीको सेयर कारोबार भएको थियो ।
नेप्से घटेसँगै सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले घटेर ४६१ विन्दुमा सीमित बनेको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.७६ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूह ०.०६ प्रतिशत, हाइड्रो ०.०९, निर्जीवन बीमा ०.१४ र अन्य ०.१२ प्रतिशतले बढ्यो । तर, होटल समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ ।
यस्तै, विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल ०.८४, हाइड्रो ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, लघुवित्त ०.३३ र म्युचुअल फण्ड ०.१५ प्रतिशतले घटेका छन् ।
आज कारोबार भएका शेयरमध्ये साहस उर्जाको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको १६ करोड ८८ लाख, रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ५५ लाख, मनकामना इन्जिनियरिङको १२ करोड २५ लाख र खानीखोला हाईड्रोको ८ करोड ९६ लाख बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लेभलमा कारोबार भयो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयरमूल्य अपर सर्किट लाग्यो ।
यस्तै, आरबिबि म्युचुअल फण्डको मूल्य ३.०९ र ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चरको मूल्य ३ प्रतिशतले बढ्यो । आज मनकामना इन्जिनियरिङको सेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ ।


