Banijya News

नेप्सेसँगै घट्यो कारोबार रकम, ४ अर्ब १६ करोडको शेयर किनबेच

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो विहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज सामान्य अंक घटेर बन्द भएको हो ।

शुक्रबार नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।

१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । शुक्रबार म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रशित घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो बिहीबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top